नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्चको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

रिजाल भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको साथै, भागेर अन्यत्र जाने अवस्था नरहेको भन्दै उनलाई थुनामा राखी राख्नु नपर्ने उच्च अदालतले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *