अछाम जाँदै भीम रावल, ओलीलाई स्वागत नगर्ने

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अछाम जाने भएका छन् । रावल भोली शनिवार बिहान कार्यकर्ता भेटघाटका लागि अछाम जान लागेका हुन् ।
भोली नै नेकपा एमालेले अछाम सदरमुकाम मंगलसैनमा अध्यक्ष केपी शर्मा ओलीको सहभागितामा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नामक कार्यक्रम गर्दै छ । तर, भीम रावल उक्त कार्यक्रममा सहभागी हुने छैनन् ।
मकालुखबरसंग कुराकानी गर्दै उनले अध्यक्ष ओलीलाई स्वागत नगर्ने बताए । उनले भने– ‘मलाई कार्यक्रममा जान निषेध गरियो, उहाँहरू भेली मेरो गृह जिल्ला जाँदै हुनुहुन्छ, तर मेरो सहभागिता रहने छैन।’
पार्टी उपाध्यक्षसम्म बनेका उनले पार्टीले आफूसँग यो स्तरको अपमानजनक व्यवहार गर्ला भन्ने नसोचेको बताए ।
पार्टीले आफूमाथि फेरि निषेधको राजनीति गरेको रावलको ठहर छ । उनले मकालुखबरसंग कुराकानी गर्दै अछामी जनताले अब न्याय र अन्यायबारे बोल्नुपर्ने बताए ।








