सेजनको २७ औँ वार्षिकोत्सव

बैंकले नियमविपरित ब्याज लिएको भए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछ : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले उद्योगी व्यवसायीहरूले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनासो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए । उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराएको उल्लेख गरे ।

उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरूलाई आग्रह गरे । उनले व्यवसायीले बैंकले १६÷१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे ।

गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरूका लागि प्रोत्साहन मिल्ने बताए ।

उनले ठूला व्यवसायीहरूले बैङ्कहरूबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे । उनले बैङ्कहरूको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरूले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे । उनले उद्योगी व्यवसायीहरूले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए ।

उनले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरूलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताए ।

उनले भने ‘उद्योगी व्यवसायीहरूले बैङ्कहरूबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुँदैन । मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो । व्यवसायीहरूले ऋण लिने बेलामा आफ्नो घाँटी हेर्नु हुँदैन । एकै चोटि हड्डीको साइज लिनुहुन्छ । अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुप्रनुहुन्छ । जुन कुरा गलत छ । स्पष्ट रुपमा भन्नुपर्छ । उद्योगी व्यवसायीहरूको लागि बैंक तथा वित्तीय संस्थाहरूको ऋण नै मात्रै सबै कुरा होइन होला रु ब्याजले कति असर पर्छ । अहिले पनि बैङ्कहरूबाट ठूलो व्यवसायीहरूले ६।५ प्रतिशत देखि लिनुभएको छ । ३ वर्षदेखि अहिले पनि सुविधा लिइरहनुभएको छ । ९ प्रतिशत लिने धेरै व्यवसायीहरू हुनुहुन्छ । जसले पहिले नै फिक्स गर्नुभएको छ । बैङ्कहरूको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरू पनि हुनुहुन्छ । नेताहरुकामा भाषण गर्दा व्यवसायीहरूले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ । यति बैङ्कहरूको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस् । व्यवसायीहरूसँग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउँछौँ । गत वर्ष ४ अर्ब ७६ करोड कमर्सियल बैङ्कहरूबाट बढी प्रिमियम लिएको रकम फिर्ता गरायौँ । बजारमा हैवा फैलाउने हिसाबले बैंकहरुले लिँदै नलिएको कुरा लियो भनेर बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउने लागि प्रोत्साहित गर्नेगरी कुरा गरिरहेका छौं । जुन कुरा गलत छ । वास्तविकता के हो त्यो हेर्नुपर्छ । कसैले १८ प्रतिशत ब्याज तिर्नुभएको छ । छैनन् । त्यसैले गर्दा बैंकको ब्याजदर निर्धारण गर्ने कुरा राष्ट्र बैंकले बजारलाई छाडेको छ । राष्ट्र बैंकले माइक्रोम्यानेजमेण्ट हे¥यो भन्ने कुरा आएको छ त्यो निजी क्षेत्रले हेर्नुभएको छ ।’

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको बताए । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए ।

उनले सरकार र राष्ट्र बैंकका हरेक नीतिहरू आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए । उनले नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरू उल्लेख भएको दाबी गरे ।

उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गरे । उनले बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गरे । उनले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको उल्लेख गरे

उनले भने ‘मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा छ । हामी सबैलाई थाहा छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । रेमिट्यान्सबाट आएको रकमले हामी आयात गर्दछौँ । आयातबाट नै हामी उपभोग गर्दछौँ । त्यही आयातमा कर लगाएर राज्य चलाउँछौँ । अनि आन्तरिक उत्पादनलाई इगनोर गर्दछौँ । कयौं नीतिगत व्यवस्था आन्तरिक उत्पादन बढाउने र अर्थतन्त्रको मुख्य ड्राइभर आन्तरिक उत्पादनलाई बनाउने प्रयास नभएका भने होइनन् । भइरहेका छन् । राज्यको मुख्य दृष्टि नै त्यही छ । नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरू उल्लेख भएका छन् । त्यति हुँदाहुँदै पनि हामीले त्यो नीति अनुरूपमा काम गर्न सकिरहेका छैनौँ । कुरा के आउँछ भन्दा अर्थमन्त्री र गभर्नरको सम्बन्ध,वित्त र मौद्रिक नीतिको सम्बन्धका विषयमा बढी कुराहरू आउँछन् । म स्पष्ट रुपमा भन्छु । हाम्रो सम्बन्धमा अफट्यारो र खोट केही छैन । बजेटमा भएको कुन चाहिँ नीतिलाई मौद्रिक नीतिले सपोर्ट गरेन । कुन कुरामा समस्या छ । राष्ट्र बैंकको मौद्रिक नीतिलाई राज्यको तर्फबाट कहाँबाट सहयोग भएन । त्यो कुरा मैले कहीँ पनि फलि गरेको छैन । जब मलाई फिल र समस्या छैन । भने रमाइलोको लागि कसैले पचाउँछन् की भनेर त्यो समन्वयमा लेखेर के हुन्छ ?’

गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैङ्कहरूको खराब कर्जामा समस्या आएको बताए । उनले राष्ट्र बैंकले बैङ्कहरूको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए । गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए ।

उनले व्यवसायीहरूले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे । उनले दक्षिण एसियामा अन्य देशको हेरेर नेपालका बैङ्कहरूको खराब कर्जा कम रहेको बताए ।

उनले भने ‘आर्थिक शिथिलताको कारण बैङ्कहरूमा खराब कर्जाको समस्या परेको छ । कर्जाको गुणस्तरमा परिरहेको छ । कर्जाको गुणस्तर खस्कनुको कारण राष्ट्र बैंकले लिएको कसिलो नीतिले पनि हो । राष्ट्र बैंकले किन कसिरहेका छौं भन्दा यस्तो बेलामा कस्नैपर्छ । भोलि बैंक वित्तीय संस्थाहरूमा समस्या पर्नसक्छ । खराब कर्जाको समस्या भएपनि नेट एनपीएमा दक्षिण एसियामा धेरै तल छौं । अरु मुलुकको जस्ता गुणस्तर तल आएको पनि होइन । बैङ्कहरूमा नेट एनपीए १।५ प्रतिशत भन्दा माथि गएको छैन । त्यो महत्वपूर्ण कुरा हो । एनपीए छ । त्यसलाई नाफाबाट कति प्रोभिजन गरिएको छ र बैंकलाई कसरी सुरक्षित बनाएको छ भन्ने विश्लेषण गर्ने हो भने एनपीएको अगेन्समा गरिएको प्रोभिजन महत्वपूर्ण छ । बैंकिङ सिस्टम सुरक्षित छ । साउण्ड छ । आम नागरिकको मनोबल राम्रो बनाइरहेको छ । बैङ्कहरूमा भोलिको दिनमा पनि राष्ट्र बैंकको नीतिको कारण समस्या आउने छैन । बाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा छौं । १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता छ । राज्यका कुनैपनि अंग,निजी क्षेत्रको परियोजनाहरू अगाडि बढाउँदा विदेशी मुद्राको नपुग होला भनेर डराउनुपर्ने अवस्था छैन ।’

गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दा माथि नगएको बताए । उनले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए ।

उनले राष्ट्र बैंकको नीतिको कारण बैङ्कहरूमा तत्काल समस्या आउने अवस्था नभएको बताए । उनले बाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =