२०२२ मा ईयुको रक्षा खर्च इतिहासकै उच्च
२०८० मंसिर १५ गते

एजेन्सी । युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन युरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्याङ्कले देखाएको छ । बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो ।
यो रक्षा खर्चका लागि छुट्याइएको इतिहासकै बढी रकम हो । इडिए डिफेन्स डाटा २०२२ प्रतिवेदनअनुसार यो सङ्ख्या एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो । २७ इयु सदस्य राष्ट्रहरूमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित इडिए युरोपेली रक्षा सहयोगको लागि केन्द्रीय हबको रूपमा कार्य गर्दछ ।
२०८० मंसिर १५ गते
प्रतिक्रिया








