नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध लम्बियाे

नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ। युरोपेली युनियनले हरेक ६र६ महिनामा सार्वजनिक गर्ने एअर सेफ्टी लिस्टु मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो।

यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ। नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध छ।

नेपालमा भएको स्थलगत अवलोकन तथा मूल्याङ्कन र यसकै आधारमा गएको कात्तिक २८ गते बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाललाई लगाउँदै आएको सुरक्षा सूची ९कालोसूची० लाई निरन्तरता दिने ईयूले जनाएको हो।

ईयूका प्रतिनिधिमण्डलले भदौ २५ देखि २९ गतेसम्म नेपालमा आई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र श्री एअरलायन्सको स्थलगत अवलोकन तथा मूल्याङ्कन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *