कर्नेल यादवको १९ लाख ४२ हजार चोरी, २ जना पक्राउ

काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

मंसिर ४ मा भएको चोरीमा संलग्नको आरोपमा प्रहरीले प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवैले ललितपुर भैँसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए ।

अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो ।

चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *