युद्धविरामको पाँचौँ दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा

एजेन्सी । इजरायलले युद्धविरामको पाँचौँ दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । मङ्गलवार साँझ ३० प्यालेस्टाइनी कैदीहरू बोकेको बस पश्चिम बैंकको रामल्लाह शहर नजिकै रहेको इजरायली ओफर जेलबाट प्रस्थान गरेको हो ।

इजरायल जेल सेवाले इजरायल र हमास बीचको युद्धविराम सम्झौता अन्तर्गत पाँचौँ चरणमा १५ महिला र १५ नाबालिगहरूसहित ३० प्यालेस्टिनीहरूलाई इजरायली जेलबाट रिहा गरिएको थियो । यसअघि मङ्गलवार हमासको सैन्य शाखा अल–कसाम ब्रिगेडले बन्धकहरूको पाँचौँ समूह अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरेको थियो ।

इजरायली सरकारले पनि गाजा पट्टीबाट रिहा गरिएका १० इजरायली र दुई थाई नागरिकसहित १२ जना बन्धकहरू प्राप्त गरेको पुष्टि गरेको छ । मंगलवार बिहान सकिँदै गरेको इजरायल र हमासबीचको मानवीय चार दिने युद्धविराम थप दुई दिनका लागि थपिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *