सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि उद्धार

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी सुरूङमार्गमा फसेका ४१ मजदुरको सकुशल उद्धार भएको छ ।

कात्तिक २६ गते बिहान ५ बजे उत्तरकाशी–यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४१ मजदुर सुरूङमै थुनिएका थिए ।

उनीहरूको १७ दिनपछि हिजो उद्धार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एक्स (ट्वीटर)मा लेख्दै सबै मजदुरहरूको सकुशल उद्धार भएको बताएका छन् ।

४ हजार ५३१ मिटर लामो सुरूङको सिल्क्यारातर्फ २ हजार ३४० मिटर र बडकोटतर्फ १ हजार ६ सय मिटर निर्माण भइसकेको थियो ।

अक्टोबर १२ मा सिल्क्याराबाट करीब २७० मिटर भित्र ३० मिटरमाथिबाट पहिरो खस्दा सुरूङ थुनिएको थियो । सोही सुरूङमा काम गरिरहेका ४१ जना फसेका थिए ।
पहिरो छिचोल्न ड्रिलिङ मेसिन प्रयोग गरिएको थियो ।

उद्धार गरिएको सबैलाई स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

सुरूङबाट उद्धार गरिएका उनीहरूलाई जनही १/१ लाख रूपैयाँ दिने भारत सरकारले निर्णय गरेको छ । त्यस्तै उनीहरूलाई आफ्ना परिवारहरूसँग समय बिताउन १५ दिनदेखि १ महिनासम्मको छुट्टी दिन सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *