काठमाडौँबाट ६ थान नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेको छ ।

धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =