माल्टामा वन्यजन्तु पुनर्वास केन्द्र सञ्चालन

एजेन्सी । माल्टाले वन्यजन्तु पुनर्स्थापना केन्द्रको सञ्चालन गरेको छ । जसले घाइते वन्यजन्तुहरूको लागि सुधारिएको आश्रय र पुनर्स्थापना सुविधाहरू प्रदान गर्नेछ । यसबाट वातावरणीय अनुसन्धान र शिक्षाको लागि आवश्यक अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ ।

युरोपेली क्षेत्रीय विकास कोषद्वारा सह–वित्त पोषित २.५ मिलियन यूरोको लगानीमा, केन्द्रले हाल ९ समुन्द्री कछुवा र सात दुम्सीहरूको हेरचाह गर्दैछ । माल्टाको दक्षिणपूर्वी डेलिमारा प्रायद्वीपमा रहेको प्रकृति पार्कमा अवस्थित यस केन्द्रको उद्घाटन वातावरण, ऊर्जा र उद्यम मन्त्री मिरियम डल्ली र युरोपेली कोषका लागि संसदीय सचिव क्रिस बोनेटले गरेका थिए ।

नेचर पार्कमा २० हजार भन्दा बढी स्वदेशी रूखहरू रोपिएको छ । नेचर ट्रस्ट माल्टाले राज्य वातावरण निकाय एम्ब्जेन्ट माल्टासँगको सहकार्यमा केन्द्रको विकास गरेको हो । यसमा समुन्द्री, स्थलीय र एभियन जीवजन्तुहरू सहित विविध वन्यजन्तुहरूको लागि पुनर्स्थापना सुविधाहरू समावेश छन् । बालबालिका र आगन्तुकहरूले पनि माल्टाको वन्यजन्तु र केन्द्रमा उनीहरूको संरक्षणको बारेमा जान्न सक्षम हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =