आम जनता पार्टीले तोक्यो सातै प्रदेशका इञ्चार्ज

आम जनता पार्टीले सातै प्रदेशमा इञ्चार्जको जिम्मेवारी तोकेको छ।

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको दुई दिने स्थायी कमिटीको पूर्ण बैठकले लिम्बुवान–किरातमा रामप्रित राम, मधेसमा सुधीर यादव र ताम्सालिङ–नेवामा अरुण घिरिङलाई इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ।

बैठकले लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापा मगर र सुदुरश्चिममा ज्ञानेन्द्रकुमार तामाङलाई इञ्चार्ज तोकेको छ। प्रवासका देशमा सम्पर्क र सङ्गठन स्थापनाका लागि विभिन्न सात व्यक्तिलाई इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ।

बैठकले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले बद्रीप्रसाद न्यौपानेलाइ निर्दोष सावित नहुँदासम्मका लागि पार्टीकोे सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिबाट मत फिर्ता र विदेशी नागरिकता लिएकाको सम्पति कब्जा गरी राज्यलाई बुझाउनेलगायत अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भन्सार, वैदेशिक रोजगार पीडित, बैंकिङ तथा कर्जा, आवास मदर्साको शिक्षा र यातायात भाडा सहुलियतलगायत जनसरोकारका विषयमा जनसङ्गठनलाई सङ्घर्ष अघि बढाउन पार्टीले जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ।

बैठकले देशमा जटिल परिस्थिति एवं सङ्कटको निकासबारे गम्भीर समीक्षा गर्दै आगामी पुस १४ गते पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ। उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =