रूसी सेनामा गएका तीन नेपालीको मृत्यु

युक्रेनसँग युद्धरत मुलुक रूसको सेनामा गएका तीन जना नेपालीको मृत्यु भएको छ।

रूसस्थित नेपाली दूतावासका अनुसार युक्रेनविरूद्धको युद्धका क्रममा गत कात्तिक २९ गते उनीहरूको मृत्यु भएको हो।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार ५ का प्रितम कार्की, दोलखाको मेलुङ ६ का राजकुमार रोक्का र इलामको इलाम ५ का गंगाराज मोक्तान छन्।

नेपाली दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ।

रूसी सेनाले नेपालीहरूलाई आफ्नो सहयोगीका रूपमा राखेका थिए।

रूस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू रूसी सेनामा आबद्ध भएको सूचना पहिल्यै बाहिर आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =