प्रहरीले पेप्सीकोलाबाटै फर्कायो

दुर्गा प्रसाईंलाई काठमाडौं प्रवेशमा रोक !

काठमाडौं । प्रदर्शनका लागि गौशाला हिँडेका गणतन्त्र विरोधी व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको छ ।

प्रसाईं भक्तपुरको सानो ठिमीबाट कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा गौशाला हिँडेका थिए । प्रसाईंलाई गौशाला जाने अनुमति नभएको भन्दै प्रहरीले फर्काइदिएको हो ।

प्रहरीका अनुसार प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ ।

प्रसाईं समूहले हिजो गौशालामा गरेको प्रदर्शनमा सामान्य झडप भएको थियो ।

राष्ट्र, राष्ट्रियतासँगै नागरिक बचाउका लागि भन्दै गरिएको प्रसाईंको प्रदर्शन दिनप्रतिदिन कमजोर भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =