राष्ट्रिय लोकबाजा संग्रहालयमा संस्कृति झल्काउने लोकबाजाहरू (हेर्नुहोस् तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय लोक बाजा संग्रहालयमा भएका लोक बाजाहरू ले नेपालको साङ्गीतिक क्षेत्रको मात्र नभई सांस्कृतिक क्षेत्रको पनि झल्काउँछ ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरू र धर्मावलम्बीहरूले आफ्नो जन्मदेखि मृत्यु सम्म हरेक घटनाक्रममा बजाउने बाजाहरू यस संग्रहालय देख्न सकिन्छ ।

वि.सं. २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक बाजा संग्रहालयमा नेपालमा प्रचलनमा रहेका ६ सय ५५ प्रकारका लोक बाजाहरू सङ्गृहीत छन् ।

शुरुमा काठमाडौँको भद्रकालीमा रहेको लोक बाजा संग्रहालय ठाउँ साँघुरो हुन थालेपछि ०६४ सालमा त्रिपुरेश्वर सारियो । हालसम्म त्रिपुरेश्वरमै अवस्थित रहेको छ ।

संग्रहालय हेर्नको लागि नेपाली पर्यटकलाई १ सय, विद्यार्थीलाई ५० र विदेशी पर्यटकलाई १ हजार शुल्क राखिएको संग्रहालयका प्रमुख राम प्रसाद कँडेल बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *