रास्वपा संसदीय दलको बैठक जलेश्वरमा सुरु

काठमाडौं । महोत्तरीको जलेश्वरमा रास्वपा संसदीय दलको बैठक सुरु भएको छ । आज (मंगलबार) बिहान १० बजे बैठक सुरु भएको हो ।

संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक र त्यसपछि संयुक्त बैठक बस्ने कार्ययोजना रहेको रास्वपका एक नेताल जानकारी दिए ।

आजदेखि तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहनेछ ।

पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुनेछ ।

रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =