कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको सोमबार निधन भएको छ।

केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज अपराह्न साढे ४ बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए।

सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो। कांग्रेस झापाका पुराना तथा त्यागी नेताका रुपमा परिचित उनी भूमिगतकालमा पार्टीको जिल्ला सभापति थिए। उनी प्रजातन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटकपटक जेलनेल परेका थिए।

पाँच वर्षअघि जीवनसङ्गीनी गुमाएका दिवङ्गत दाहालका तीन छोराहरु विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला छन्। उनले पार्टीसँगै स्थानीय सामाजिक सङ्घसंस्थामा समेत योगदान पुर्‍याउँदै आएका थिए।

स्व दाहालको पार्थिव शरीरलाई भोलि दिनको ११ बजे पवित्र कनकाई नदीमा हिन्दू विधिपूर्वक अन्त्येष्टि गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =