मुलुकको आर्थिक गतिविधिलाई चलयमान बनाउन ट्रेड एक्स्पोको आयोजना – १५ करोडको कारोबार हुने

मोरङ व्यापार सङ्घ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घ  ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा आगामी पुस ६ देखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिने जानकारी दिएको छ । यस क्षेत्रको कृषि, पर्यटन, ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन गर्ने  उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएका सङ्घका अध्यक्ष नवीन रिजालले बताए।
अध्यक्ष रिजालले एक्स्पोमा भारत, बङ्गलादेश  पाकिस्तानका  उत्पादित वस्तु एवं उत्पादनकर्ताको सहभागिता रहने छ। एक्स्पोमा सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलब्ध गराउनेसहित दुई सय ५० वटा स्टल रहने अध्यक्ष रिजालले जानकारी दिए।
एक्स्पोले अन्तर प्रादेशिक उत्पादन र सेवाको राष्ट्रिय–अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध र सहकार्य स्थापना, पर्यटकीय गन्तव्यको प्रचारप्रसार लगायतका कार्य प्रवद्र्धन गर्ने विश्वास लिइएको छ।
एक्स्पोमा रु तीन करोड ५० लाख खर्च लाग्नेछ भने रु १५ करोडको व्यापारिक कारोबार हुने विश्वास गरिएको संयोजक अनिल साहले जानकारी दिए। नेपाल र भारतका गरी चार लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको छ । मोरङ व्यापार सङ्घले विसं २०५३ देखि एक्स्पोको  आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *