नारायण सिलवाल उपरथीमा बढुवा
२०८० मंसिर ११ गते

नेपाली सेनाका सहायक रथी नारायण सिलवाल उपरथीमा बढुवा भएका छन्।
मन्त्रिपरिषद् बैठकले जंगी अड्डाको सिफारिस अनुसार सिलवाललाई बढुवा गर्ने निर्णय गरेको थियो। सिलवाललाई सोमबार सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
सिलवाल यसअघि सैनिक प्रवक्ता समेत थिए। यस्तै तीन जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्।
उनीहरुलाई पनि सोमबार नै दज्र्यानी चिन्ह प्रदान गरिएको छ। कार्यक्रममा सोमका विशिष्ट अधिकारीहरु सहभागी भएका थिए।
२०८० मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








