गौशालामा दुर्गा प्रसाईं नेतृत्वले गरे विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विरोध प्रदर्शन गरेको छ ।

सोमवार व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानले विरोध प्रदर्शन गरेको हो ।

धर्मगुरुको अगुवाइमा काठमाडौँस्थित गौशालामा आन्दोलन सुरु भएको हो । यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा विरोध प्रदर्शन गरेका थिए ।

मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन सुरु गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =