आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताएका छन् ।

आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा मन्त्री बस्नेतले नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि भए पनि यसको व्यवस्थापन र विकासमा राज्य चुकेको बताए । उहाँले आयुर्वेद क्षेत्रको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै भारत र चीनको सहयोग लिएर साझेदारी अघि बढाउँदा उपलब्धि हासिल हुने दाबीसमेत गरे ।

‘नेपाल आयुर्वेदिक उपचार पद्धति विकासका लागि स्वर्णभूमि हो । अथाह सम्भावना हुँदाहुँदै पनि राज्य आयुर्वेद पद्धतिको विकास र व्यवस्थापन गर्नमा पछि परेको छ’, मन्त्री बस्नेतले भने, ‘भारत र चीनले आयुर्वेद क्षेत्रमा गरेको प्रयास प्रशंसनीय छ । हामीले पनि यी देशसँग सहयोग लिएर साझेदारीको भावना अघि सार्दै काम गर्न सक्ने हो भने ठूलो उपलब्धि हासिल गर्न सक्छौँ ।’

आर्थिक स्रोतका हिसाबले पनि आयुर्वेद ठूलो क्षेत्र हुन सक्ने बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘हाम्रो जडीबुटीको यति ठूलो भण्डार छ कि यसलाई राज्यले जति हदसम्म प्रयोग, उत्खनन र व्यवस्थित गर्न सक्नुपर्दथ्यो त्यो भएन । जडीबुटी खेतीको सम्भावना धेरै रहेको उल्लेख गर्दै उहाँले जडीबुटीको उत्पादन र निर्यात बलियो आर्थिक स्रोत बन्न सक्ने बताए ।

आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन र अध्यापन गर्नुको सङ्ख्या बढाउनुपर्नेमा समेत जोड दिँदै मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि आवश्यक छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय डा वासुदेव उपाध्यायले आयुर्वेदको अभ्यासलाई प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिए । ‘हामी प्रमाणका आधार भएर अभ्यास नगरेसम्म यसको प्रभावकारिता देखाउन सक्दैनौँ । अबको समयमा हामीले आयुर्वेदको विधालाई विश्वस्तरमा नै मान्यता प्राप्त बनाउन सक्नुपर्छ’, उनले भने, ‘नेपालको भौगोलिक विविधतामा पाइने जडीबुटीमा अनुसन्धान गर्न हामी तयार छौँ । भारत र चीनसँगै अन्य देशसँग जनशक्ति र ज्ञान आदानप्रदान गर्न तत्पर छौँ ।’

यही मङ्सिर ९ देखि ११ गतेसम्म हुने उक्त सम्मेलनमा भारत, पोर्चुगल, बङ्गलादेश, श्रीलङ्कालगायत देशको उपस्थितिमा आयुर्वेदका ज्ञान, सीप एकअर्कामा आदानप्रदान गर्न सहयोग पु¥याउने फाउन्डेसनका अध्यक्ष विजेन्द्र शाहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =