व्यवस्थाको विरोध हैन, अवस्थाको विकल्प खोज्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छन् ।
सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले अहिले भएको व्यवस्थामा कयौं यसका प्रावधानहरूमा विमति रहँदा रहँदै पनि जनताको अवस्था फेर्न लागि रहेको बताए ।
सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएको उनको भनाई छ ।
सभापति रवि लामिछाने आफूहरू गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरू धेरै रहेको बताए ।
वादीको पछाडि लाग्दा जनमत बाँडिने भएकाले आफूहरूको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ भएको उनको भनाइ छ ।
यस्तै सभापति लामिछानेले चुरे मास्ने षड्यन्त्र भइरहेको बताएका छन् । चुरो मधेसको ज्यान, सान र भविष्य भएको उनको भनाई छ ।
पुराना दलहरूको दबदबालाई अटेर गरेर घण्टी बजाउँदै आफूहरूले साहसिक कदम चालेको उनको दाबी छ ।








