योगेश भट्टराईलाई पहिचानवादीले देखाए कालो भण्डा
२०८० मंसिर १० गते

काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि पहिचान पक्षधरहरूले कालो झण्डासहित प्रदर्शन गरेका छन् ।
कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच ताप्लेजुङमा झडपसमेत भएको थियो ।
झडप भएपछि आक्रोशित पहिचान पक्षधरहरूले पराजुली चौकमा पुगेर नाराबाजी सहित कोणसभा समेत गरे।
उनीहरूले कोसी प्रदेश नामाङ्कनमा हस्ताक्षर गरेको भन्दै प्रदेशसभाका सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोविरुद्ध पनि नाराबाजी समेत गरे ।
गत जेठ २६ गते प्रतिनिधिसभामा बोल्ने क्रममा भट्टराईले पहिचान विरोधी अभिव्यक्ति दिएको पहिचान पक्षधरहरुको आरोप छ ।
उनीहरुले त्यस्तो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै आएका छन् ।
२०८० मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








