गणतन्त्रलाई परिवर्तन गर्ने शक्ति नेपालमा छैन : काँग्रेस नेता निधी

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधीले लोकतन्त्र बिरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् ।

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताए ।

उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गरे ।

निधीले एक अर्को प्रसंगमा निधिले २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने दाबी समेत गरे ।

उनले भने– ‘अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ, यसपछि एकीकृत समाजवादी र काँग्रेस नेतृत्वको सरकार रहनेछ ।’

उनले गठबन्धनभित्र ३ प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका मनोज चौधरी नेतृत्वको समूहलाई नेता निधीले काँग्रेसमा स्वागत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =