कतारका विदेश राज्यमन्त्री बिहीबार नेपाल आउँदै

कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौं आउँदैछन्।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। राज्यमन्त्री अल–मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौंबाट प्रस्थान गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =