दक्षिण एसियाली मुलुकहरूले चीनका अनुभवबाट शिक्षा लिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिआरआईबाट दक्षिण एसियाली मुलुकहरूलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए । उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए ।

उनले भने ‘बिआरआईबाट दक्षिण एसियाली मुलुकहरूलाई उनीहरूको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्दछ । गरिबी निवारणमा हामीले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्छ । चीनको गरिबी निवारणमा चीनको दूरदर्शी राजनीतिक नेतृत्व र नागरिक सशक्तीकरण, सर्वपक्षीय सहभागिता र आपसी समझदारी जस्ता कारणहरू रहेका छन् । भ्रष्टाचार विश्वका कुनै देशका लागि पनि विकासका बाधक र समस्या हुन् । नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसाथ गरेर अघि बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त हुनसक्छ । बिआरआईलाई थप गति दिन आवश्यक छ ।’

अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =