१ किलो ९ सय ७३ ग्राम अवैध लागूऔषध कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडौँ । अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहित भारतीय नागरिक ३२ वर्षीया किमरोसाङगीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने
क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ प्रहरीले उनलाई गरेको हो ।

उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =