राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

मंगलवार विदेश भ्रमण गरी स्वदेश फर्केका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरूले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए । उनले दूरदराजमा भएका भुईँ मान्छेहरूका आवाज, गरिवका आवाज उठाउन नदिएको बताए ।

उनले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारका सदस्यहरूले गरेको आरोप लगाए ।

उनले भने ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरू छन् । अहिले आधुनिक राजनीतिक लुटेराहरूले यो मुलुक चलाइरहेको देखिन्छ । केही सम्रान्त मानिसहरु र हरेक पार्टीका केही व्यक्तिहरूले जसले राज्य संयन्त्रको दोहन गरेका छन् । उनीहरु दूरदराजमा भएका भुईँ मान्छेहरूका आवाज, गरिवका आवाज उठाइएको छैन । सामान्य मानिसले रोटी पकाउन र चिया खान प्रयोग गर्ने चिनी अहिलेका प्रधानमन्त्रीका परिवारले म्यानुपुलेशन गरेर त्यसलाई रातारात कालोबजारीमा कन्भर्ट गरेर करोडौँ रुपैयाँको चलखेल भयो । नेपाल डिपो भन्ने ग्यास प्रधानमन्त्रीको भान्जाले किन्नुभएको छ र ग्यासमा ४२५ रुपैयाँ बढाइएको थियो, केही हल्ला भएपछि घटाइयो । त्यसमा ६ अर्ब पैसा जनताको पकेटबाट लुट्ने काम गरियो । डेमोक्रेसीको विकल्प छैन । संसारको उच्चतम राम्रो व्यवस्था डेमोक्रेसी हो । अहिले नियन्त्रित डेमोक्रेसीको रुपमा लगिएको छ ।’

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =