युनिलिभर नेपालद्वारा भूकम्प पीडितलाई १ करोड सहयोग​

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।

भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले प्रभावितहरूको ​पुनर्स्थापना र पुनर्निर्माणका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ जम्मा गरेको हो ।

सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका थिए ।

कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फूड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =