निसानमाथि खुकुरी प्रहार गरी अमितको ‘ग्याङ’ फरार
२०८० मंसिर ५ गते

धनगढी । कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-४ कौवापुर पिपलचौतारा नजिकै सोही ठाउँ बस्ने २१ वर्षीय निसान थापामगरमाथि धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको हो ।
थापामगरमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको समूह (ग्याङ) फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले जानकारी दिए । उनीहरुले थापामगरमाथि पछाडिबाट खुकुरी प्रहार गरेको बताउदै डीएसपी चन्दले बाँया हातको औला काटिएको र दाँया काँधमा समान्य चोट रहेको बताए ।
उनको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने मयाल समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०८० मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








