एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य गैरेको निधन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको निधन भएको छ ।

गैरेको अल्का अस्पताल ललितपुरमा आइतबार निधन भएको उक्त पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले बताए ।

सचिव श्रेष्ठका अनुसार हृदयघातका कारण उनको निधन भएको हो । सचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्व.गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =