भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड बढी जम्मा

काठमाडौँ । सरकारले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गरेको छ ।

१ मंसिरसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । त्यसबेला भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि धेरैले सहयोग रकम घोषणा गरेका थिए ।

सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

उक्त कोषमा मिनबहादुर गुरुङले एक करोड भन्दा माथि १ करोड ११ लाख ११ हजार सहयोग गरेका थिए । बुद्ध एयरमार्फत १ करोड, राष्ट्रिय वाणिज्य बैंकमार्फत १ करोड, ग्लोबल आईएमई बैंकमार्फत १ करोड, सूर्य नेपाल प्रालिमार्फत १ करोड, गोर्खा ब्रुअरीमार्फत १ करोड, र क्यान सेन्ट्रल पेमेन्टमार्फत १ करोड सहयोग प्राप्त भएको थियो ।

त्यसैगरि कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।

सूचीमा हेर्नुस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *