संसदीय समितिले गृह मन्त्रालयसँग माग्यो एआईजी श्यामलाल ज्ञवालीको जन्ममिति कागजात

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग जन्म मितिसम्बन्धी कागजात माग गरेको हो ।

ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेको समितिका सचिव सुरजकुमार दुराले बताए ।

समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा कागजात मगाउन निर्देशन दिएपछि समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो ।

ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको उजुरीकर्ताले दाबी गर्दै उजुरी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =