दुर्गालाई हर्कले भने- कुनै परिवारको व्यवस्थाको पक्षमा नबोल्नू
२०८० मंसिर ३ गते

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था नै राम्रो भएकाले यसविरुद्ध नलाग्न सुझाव दिएका हुन् ।
पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन् । ‘दुर्गा प्रसाईंलाई मेरो सुझाव- भ्रष्टाचार र भ्रष्टहरूविरुद्ध लाग, तर गणतन्त्रको विरुद्ध नलाग१ यही व्यवस्था राम्रो छ’, साम्पाङले भनेका छन्, ‘यो जनताको व्यवस्थालाई मेरो हो भनेर कब्जा गरी ढलीमली गर्नेहरूको विरुद्ध लाग्नू, तर कुनै परिवारको व्यवस्थाको पक्षमा नबोल्नू ।’
२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








