पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण

एजेन्सी । पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैठौंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरेका हुन् ।

पालासियो डे ला जर्जुएलामा आयोजित समारोह आधिकारिक राज्य बुलेटिन (बीओई) मा सान्चेजलाई प्रधानमन्त्रीको रूपमा पुष्टि भएको दुई घण्टा पछि गरिएको थियो । २०१८ र २०२० मा शपथ ग्रहण गर्दा जस्तै, सान्चेजले स्पेनिश संविधानको प्रतिलिपिमा शपथ लिए ।

शपथ ग्रहण गरेपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकोमा बधाई दिऐ । बिहीबारको इन्भेष्टिचर भोटमा सान्चेज पक्षमा १७९ र विपक्षमा १ सय ७१ मत पाएर प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =