हिँडेकी २४ वर्षीया सुनिता २० दिनदेखि बेपत्ता

बैतडी । बैतडीकी एक महिला विगत २० दिनदेखि बेपत्ता छिन् । जिल्लाको पाटन नगरपालिका-६ कर्णेलीकी २४ वर्षीया सुनिता विक बेपत्ता भएकी हुन् ।

घरबाट माइत जान्छु भन्दै हिँडेकी सुनिता सोही दिनदेखि सम्पर्कविहीन रहेको उनका श्रीमान् तारा विकले बताए । बेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी उनले बताए । परिवारले बेपत्ता सुनिताको खोजी कार्यका लागि प्रहरीलाई समेत आग्रह गरेको छ ।

बेपत्ता सुनिता विकका १० वर्षीय छोरा, ८ वर्षीया छोरी र ६ वर्षीय छोरा छन् । श्रीमान् तारा  विक भारतमा रोजगारी गर्दै आएका छन् । तारा केही दिन अघि मात्रै दसैँ तिहार मनाउन घर फर्केका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *