नेता निधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भेटेर महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेता निधिको अनुरोधप्रति आफू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले यथाशीघ्र गठन आदेश जारी गर्ने आश्वासन दिनुभएको निधिको निजी सचिवालयले जनाएको छ । यसैगरी उहाँले राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लािग जग्गा प्राप्ति अन्तिम चरणमा रहेकाले त्यससम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि रु एक अर्ब सहयोगको प्रतिबद्धता जनाउनुभएको स्मरण गराउँदै नेता निधिले सो रकम रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकालाई समेत सुझाव दिएको जानकारी गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =