गरिबले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबले पनि बिमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले बिमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताए । बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको बताए ।

देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको बताए । मुलुकभित्र राष्ट्रिय बिमा नीति, प्रदेश बीमा नीति र स्थानीय तहको बिमा नीति हुनुपर्ने बताए ।

उनले भने आउने समय बिमाको हिसाबमा अझै सुखमय हुने बताए । आम सर्वसाधारणलाई किन बीमा गर्ने र बिमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको बताए ।

उनले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए ।

कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बीमा योजना ल्याएको हो । कम्पनीले कम बीमा शुल्क तिरेर ठूलो रकमको बिमा गर्न सकिने गरी उक्त योजना अघि सारेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =