लोक सेवा आयोगले माग्यो २५७ कर्मचारी, कुन तहमा कति ?

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ ।
शुक्रवार सूचना प्रकाशित गर्दै आयोगले राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौँ र आठौँ तहमा गरी २५७ कर्मचारी मागेको हो ।
आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौँ तहमा ३६ जना र सातौँ तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख छ । आयोगका अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मङ्सिर १९ गतेभित्र दरखास्त दिन सक्ने छन् ।
दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ । आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सकिने छ ।









