सिन्धुली कारागारमा एक कैदीको मृत्यु
२०८० कार्तिक ३० गते

काठमाडौँ । जिल्ला कारागार सिन्धुलीमा ३० वर्षीय कैदी विमल मगरको मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको छ ।
सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए । राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए ।
स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन् ।
सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए ।
२०८० कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








