दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व

काठमाडौं । दीपावलीको पाँचौं दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ ।

मिथिलाञ्चलमा आज भातृद्वितिया पर्व मनाई रहँदा गोधन पर्व समेत मनाईएको हो । गोधनमा कुटिएको अन्न भाईलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको छ ।

महिलाहरु एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेसमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई अराधना गर्दै शुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ ।

गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दुर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ ।

गोवद्र्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ ।

गाई मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल समुदायमा जनविश्वास रहेको छ ।

पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, दाम्ला फेर्ने परम्परा समेत रहेको छ ।

गोधन पर्वसँगै मिथिलाञ्चलमा आस्थाको माहपर्व छठ पर्वको तयारी समेत शुरु हुन्छ ।

प्राचिन कालमा व्रजवासी बर्षाका स्वामी ईन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउने गर्थे । व्रजवासीले सोही दिन भगवान ईन्द्रको पूजा गरी षड्रसपूर्ण छप्पन भोग, छत्तिस व्यञ्जन भोग लगाउने गर्दथे । सोही दिन द्वापर युगमा भगवान श्री कृष्णले ईन्द्रको बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए ।

यो देखेर भगवान ईन्द्र कुपित भएर मुसलाधार वर्षा गराए जसबाट पूरै ब्रज डुब्न लाग्यो । त्यसपछि भगवान श्री कृष्णले गोप र गोपीहरुलाई बचाउनका लागि आफ्नो हातको कान्छी औलामा गोवर्धन पर्वतलाई उठाएर ईन्द्रको मानमर्दन गरेका थिए ।

सोही दिनबाट ब्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवद्र्धनलाई पूजाअर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराए । गोवद्र्धन पूजा नै कलान्तरमा गएर मिथिलाञ्चलमा गोधन पर्व बन्न गएको जनविश्वास रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *