न्युजिल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै भारत,’हेड टु हेड’मा को अगाडि ?

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को सेमिफाइनल खेलमा आज (बुधबार) भारत र न्युजिल्याण्ड भिड्दै छन् ।

भारतको मुम्बईस्थित वनखेडे स्डेडियममा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेलको विजेता टोली विश्वकप फाइनलमा प्रवेश गर्ने छ ।

वनखेडे स्डेडियममा भारतले सन् २०११ को विश्वकप क्रिकेट जितेको थियो । भारत विश्वकप २०२३ का सबै खेल जित्दै सेमिफाइनल पुगेको हो ।

तर, आईसीसी टुर्नामेन्टमा भारतविरुद्ध न्युजिल्याण्डको रेकर्ड भने गजबको छ । आईसीसी टुर्नामेन्टमा अहिलेसम्म दुई देशबीच १० खेल भएका छन् । जसमध्ये ८ खेल न्युजिल्याण्डले जितेको छ ।

भारतसँग सन् २०१९ मा इग्ल्याण्डमा भएको विश्वकप सेमिफाइनलमा मिलेको हारको बदला लिने अवसर छ ।

न्युजिल्याण्डसँग भारत सन् २०१९ को विश्वकप सेमिफाइनलमा मात्र होइन, २०२१ मा सम्पन्न आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा पनि पराजित भएको थियो ।

यस मैदानमा खेलिएका २१ मध्ये भारतले १२ खेल जितेको छ । ९ मा हार व्यहोरेको छ । नकआउट चरण अर्थात् सेमिफाइनल वा फाइनलमा भारतको नतिजा निराशाजनक छ ।

भारतले आइसीसीका विभिन्न प्रतियोगिताअन्तर्गत कुल ४४ म्याचमध्ये ३८ वटामा जीत हासिल गरेको छ, अर्थात् भारतले ८६ प्रतिशत म्याच जितेको छ ।

तर, यो अवधिमा ९ मध्ये ८ प्रतियोगितामा भारतले नकआउट चरणमा पराजित हुनु परेको छ । अर्थात् भारतले नकआउट चरणमा यो अवधिमा ८९ प्रतिशत पराजय झेलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =