रवि लामिछानेले लगाए दिदीहरूबाट भाइटीका
२०८० कार्तिक २९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् ।
बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन् ।
उनीसँगै दाइ हरिशरण लामिछानेले पनि लक्ष्मी र दुर्गाको हातबाट टीका लगाएका छन् ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।
भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
२०८० कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








