बालगोपालेश्वरमा भाईटीका लगाउनेहरुको भीड

काठमाडौं । वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाईटीकाका दिन खुलेसँगै तिहारको भाईटिका लगाउन शुरु भएको छ ।

आज बुधवार यमपञ्चकको अन्तिम दिन भाईटीका लगाइने परम्परा अनुसार आज बालगोपालेश्वरमा भाईटीका लगाउनेहरुको भीड देख्न सकिन्छ ।

आफ्नो दाजुभाई तथा दिदिबहिनी नहुनेहरुले आज बालगोपालेश्वरमा गइ भाईटीका लगाउने परम्परा रहेको छ । आज बिहानैदेखि बालगोपालेश्वरमा तिहारमा भाईटीका लगाइ आशिर्वाद दिने र लिनेहरुको भीड देख्न सकिन्छ ।

भाईटीका थाप्न पुगेका खेम ढकालले आफ्नो दिदिसँग टीका लगाउन नमिलेका कारण आफू टीका लगाउन बालगोपालेश्वर पुगेको बताए ।

उनले दिदिबहिनीसँगै टीका लगाएको अनुभव आफूलाई भएको बताए । त्यस्तै बद्रीनाथ श्रेष्ठले दिदिबहिनी नभएका कारण टीका लगाउन आएको र १० वर्ष यता बालगोपालेश्वरमा आइरहेको बताए ।

त्यस्तै काशीलाल उपाध्याय बालगोपालेश्वरको दर्शन गर्न आएको बताए । उनले आफ्नो दिदिबहिनी नभएका कारण मन्दिरमा आइ प्रसादग्रहण गरेको बताए ।

त्यस्तै राजेन्द्र खड्गीले दिदिहरु बितिसकेकाले बालगोपालेश्वरमा टीका लगाउन आएको बताए । उनले आफ्नो संस्कृति र परम्परा बचाउनुपर्ने र यसरी टीका लगाउन पाउँदा खुशी लागेको बताए ।

कीर्तिपुरका राम महर्जनले आफू सानै बेलादेखि टीका लगाउने गरेको र सोहीअनुसार मन्दिरको दर्शन गर्न आएको र टीका पनि लगाएको बताए ।

त्यस्तै बालगोपालेश्वरमा १० वर्ष यता टीका लगाइदिँदै आउनुभएकी सञ्जु महर्जनले टीका लगाउन पाउँदा खुशी लागेको बताए ।

दाजुभाईबाट आशिष पाउँदा खुशी लाग्ने बताए । त्यस्तै टीका लगाइदिन बालगोपालेश्वर आउनुभएकी धनमाया श्रेष्ठले विगत तीन वर्ष यता टीका लगाइदिँदै आएको बताए ।

उनले दाजुभाईहरुलाई टीका लगाइदिन पाउँदा खुशी लाग्ने गरेको बताए । त्यस्तै पहिलो पटक आउनुभएकी मंगली श्रेष्ठले आफ्ना दाजुभाई नभएका कारण बालगोपालेश्वरमा टीका लगाइदिन आएको बताए ।

बालगोपालेश्वरमा बिहानैदेखि दर्शनार्थीको भीड रहेको देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =