नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउनुपर्छः मन्त्री किराँती
२०८० कार्तिक २८ गते

काठमाडौँ । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले नेपालमा हजारौँ हुने र ति जात्राहरुलाई महोत्सवको रुपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरु तान्नुपर्ने बताए । उनले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने बताए । नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने उनको भनाई छ ।
२०८० कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








