राप्रपाले भन्यो– टिकटक बन्द गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले टिकटक बन्द गर्ने निर्णय अस्वीकार्य, आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको जनाएको छ ।

सरकारले टिकटकलाई प्रतिबन्ध गरेर अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

‘लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुन्छ तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्वीकार्य हुँदैन÷छैन। हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत। जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सञ्जालमा हुने आलोचनासँग त्रसित हुनेहरूले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘सरकारको, दलका नेताको आलोचना त जताततै सुनिन्छ, के आलोचना गर्ने टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक, युट्युब, ट्विटरलगायत पनि बन्द गर्ने सरकारको नीति हो? निर्णय फिर्ता लिऊ र जवाफ देऊ ।’

यसका साथै उनले कांग्रेसलाई व्यंग्य पनि गरेका छन् ।

‘आफूलाई लोकतन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रताको पहरेदार ठान्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि वर्तमान सरकारमै छ नि होइन र भन्या !? यो दिपावलीको समयको झिलिमिली उज्यालोमा सबैभन्दा पहिले कांग्रेसको खोजी गरौं’, व्यंग्य गर्दै उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =