अब सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गरिने
२०८० कार्तिक २७ गते

काठमाडौं । राष्ट्रिय संवत्का रूपमा मान्यता प्राप्त नेपाल संवत् अब सरकारी कागजातमा उल्लेख गरिने भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सबै सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको हो ।
आजको मन्त्रिपरिषद् बैठकले गरेका तीन निर्णयमध्ये पहिलो निर्णयमा भनिएको छ, ‘मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने। नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्ंसमेत उल्लेख गर्ने।’
२०८० कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








