उड्न ठिक्क परेको निगमको जहाजमा समस्या, यात्रुलाई ओरालियो

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजमा समस्या देखिएको छ । हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको जहाजमा प्राविधिक समस्या देखिएको हो ।

हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ । नेपाल एयरलाइन्सको नाइन एन(एबीयू कलसाइनको हवाई जहाज बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो ।

यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् । हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *