देवचुलीमा जिप दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत

काठमाडौँ । नवलपसारी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । देवचुली नगरपालिका-९ मा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

मृत्यु भएका ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्व बौद्धीकाली गाउँपालिका घर भएका छनबहादुर आले, बौद्धीकाली लाहटे बस्ने कुमारी राना, माझडाँडा बस्ने टेकमान वानटक्की, बुलिङटार गाउँपालिका घर भएकी १२ वर्षीय करिष्मा ठाडा, मध्यबिन्दु नगरपालिका बस्ने चिरन अर्याल र कावासोती-१६ घर भएका १७ वर्षीय अस्बिन गैह्रे छन् ।

२९ वर्षीय छनबहादुर आले जिपका चालक हुन् । बौद्धिकाली गाउँपालिका स्थित माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप गोरेघुम्तिमा दुर्घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *