देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
२०८० कार्तिक २६ गते

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।
जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।
२०८० कार्तिक २६ गते
प्रतिक्रिया








