तिहारमा खाने ‘ड्राई फ्रुट’ले सुगरको मात्रा बढ्छ ?

काठमाडौँ । तिहारको समयमा पाइने भाई मसलामा प्रयोग हुने ड्राई फ्रुट स्वास्थ्यको लागि अति नै राम्रो मानिन्छ ।

आजकल चाडपर्वमा धेरै मानिसहरू एक अर्कालाई ड्राई फ्रुट उपहार दिने चलन पनि बढ्दो मात्रामा रहेको छ ।

अरुदिन भन्दा तिहारको विशेष दिनमा पाइने भाई मसलाको त्यति नै महत्त्व रहन्छ । भाई मसलामा पनि ड्राई फ्रुटको प्रयोग गरिन्छ ।

ड्राई फ्रुट फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अधिकांश मानिसहरू काजू, बदाम, किसमिस, मखना, पिस्ता र नेभारा जस्ता ड्राई फ्रुट्स धेरै खाने गर्छन् । मधुमेहका बिरामीले पनि ड्राई फ्रुट खाने गरेको देख्न सकिन्छ ।

कतिपयले मधुमेहका बिरामीलाई ड्राई फ्रुट खाने सल्लाह दिन्छन् भने कतिपयले यसलाई हानिकारक मान्छन् । धेरैजसो ड्राई फ्रुटहरू मीठो हुन्छन्, जसका कारण मानिसहरूले यसको सेवन गर्नाले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्न सक्छ भन्ने लाग्छ । त्यसैले यसबारेमा बुझ्न जरुरी छ ।

चिकित्सकका अनुसार फलफूललाई घाममा सुकाएर खाँदा त्यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टसँगै प्राकृतिक फ्रक्टोजको मात्रा बढ्छ । सुक्खा फलफूलको सेवन मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

चिनी रोगीले ड्राई फ्रुट सीमित मात्रामा मात्र सेवन गर्नुपर्छ । धेरै खाँदा चिनीको मात्रा बढ्न सक्छ । चिकित्सकका अनुसार ड्राई फ्रुटमा क्यालोरीको मात्रा बढी हुन्छ । यस्तो अवस्थामा धेरै मात्रामा सेवन गरेमा यसले ग्लाइसेमिक नियन्त्रणमा नकारात्मक असर पार्छ र रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्ने खतरा हुन्छ ।

सुगर रोगीले दिनको कुन समयमा ड्राई फ्रुट खाँदा बढी फाइदा हुन्छ र यसबारे विज्ञहरूका अनुसार मधुमेहका बिरामीले दिनको जुनसुकै बेला ड्राई फ्रुट खान सक्छन् तर ऊर्जाको आवश्यकता पूरा गर्न खानापछि स्न्याक्सका रूपमा खानु राम्रो हुन्छ । जसको चिनीको मात्रा धेरै हुन्छ उनीहरूले ड्राई फ्रुट खानुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *